२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा किसानलाई बोयर बोका वितरण

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) २१३९ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका पशु सेवा शाखा कार्यालय चोरमाराले नगर क्षेत्रका बाख्रा पालन समूहहरुलाई बोयर जातको बोका वितरण गरेको छ ।

आर्थिक वर्ष ०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार  नगरपालिका भित्र व्यवसायिक रुपमा बाख्रा पालनगर्दै आएका समुहलाई उन्नत जातको बोयर बोका बितरण गरिएको हो ।

Received_175290811229678

मध्यबिन्दु नगरपालिका पशुसेवा शाखा कार्यालयले वार्षिक कार्यक्रम अनुसार उन्नत जातको बोयर बोका खरिदको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

सोही कार्यक्रम अनुसार नस्ल सुधारको लागी ७५ प्रतिशत क्षमता भएका उन्नत जातका बोयर बोका नगर क्षेत्रका समुहलाई  बितरण गरिएको नगरपालिका पशुसेवा शाखा कार्यालयका प्रमुख ज्ञान प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

व्यवसायिक रुपमा बाख्रापालक कृषकहरुको बाख्राको संख्या बढाउनका लागि र भारतीय बाख्राको आयातित घटाउनका लागि नगरका बाख्रापालक कृषकलाई उन्नत जातको बोयर बोका वितरण गरिएको उप प्रमुख ओमकुमारी महतोले बताउनुभयो ।

आइतबार नगर उप प्रमुख ओमकुमारी महतो सहितको संयुक्त टोलिले नगरभित्र रहेका संयुक्त रूपमा बाख्रा पालन गर्दै आएका राई बोटे बाख्रा पालन समुह, भेडाबारी बाख्रा पालन समुह, द्वावारीबाख्रा पालन समुह, बताशा बाख्रा पालन समुह, चौरगि बाख्रा पालन समुह, लालिगुरास बाख्रा पालन समुह, मिलिजुली बाख्रा पालन समुहलाई उन्नत जातको बोयर बोका १/१ वटा गरी जम्मा ७ वटा बितरण गरिएको हो ।

बाख्रा पालन समूहले अनुदानमा पाएका बोयर बोकाबाट उत्पादन बढाउने र यसबीच बाख्रा बिक्री गर्न नपाउने सर्तमा वितरण गरिएको उप प्रमुख महतोले जानकारी दिनुभयो ।

थोरै समयमा धेरै नाफा दिने बाख्राका रूपमा रहेको यस जातको बाख्रा पालनमा कृषक आकर्षित हुँदै गएको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%१%

प्रतिक्रिया दिनुहोस