२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणी नदी कटान रोकथाममा मुख्यमन्त्री पोखरेलको चासो

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) १८५१ पाठक संख्या

कावासोती । नारायणी नदिबाट वर्षेनी हुने कटानलाई दीर्घकालसम्म रोकथाम गर्न गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ ।

शनिवार मुख्य मन्त्री नेपालीले आफनो कार्यक्षमा विपद व्यवस्थापनको लागि नवलपुर जिल्लामा के-कस्ता काम भैरहेको तथा वर्षादको मौसमले पुराउने क्षतीको मुल्यांकन गर्दै नदि कटान क्षेत्रलाई दीर्घकालसम्म रोकथाम गर्न र नदि वरिपरि बसिरहेका स्थानिय बासिन्दलाई व्यवस्थित ठाउँमा सारेर जीवन सहज बनाउन समेत आग्रह गर्नु भएको छ ।

मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर राना लगायतका व्यक्तिहरुलाई भेट गर्दै मुख्य मन्त्रीले नारायणी नदि कटान क्षेत्र रोकथामको काम तुरन्त गर्न समेत निर्देशन दिनुभएको थियो ।

FB_IMG_1624177364667

मुख्य मन्त्रीको निर्देशन पछि मध्यविन्दु नगरपालिका प्रमुख र प्रदेश सांसद एबं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले आफुले पटक पटक मन्त्री सँग नारायणी नदिबारे कुरा गरेको र मन्त्रीज्यु सकारात्मक रहेको बताउनुभयो ।

FB_IMG_1624177190107

त्यसैगरी नगर उपप्रमुख ओम कुमारी महतो , कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्रीधर शर्मा , वडा अध्यक्ष नारायण पौडेल ,अमर महतो , समाजसेवी सुभाष नेपाल लगायतले मुख्य मन्त्रीको निर्देशन बमोजिम काममा लाग्ने बताएका छन् ।

FB_IMG_1624177160635

असार महिनाको सुरुवाती सँगै परेको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढी पहिरोले जनजीवन आक्रान्त पारेको छ । तर समयमा प्रशासनको ध्यान नपुग्दा नारायणी नदि वरिपरि बसिरहेका बासिन्दाहरुले वर्षादमा हैरानी खेप्नु परिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस