२०८३ आश्विन १८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको पहाडीक्षेत्र डेढगाउँ पुल भासियो,आउजाउ बन्द

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( ५ साल अघि) ३९९७ पाठक संख्या

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुल जोखिममा परेको छ ।

बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम भएको हो ।बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पुलको उत्तरतर्फको तटबन्धन भासिएका कारण गाडी खस्ने भएकाले आउजाउ बन्द भएको छ ।

तटबन्धन भासिएका कारण पुल कति खेर खस्छ भन्ने त्रास बढेको उनले सुनाए ।यो जिल्लाको दुर्गम उत्तरी भूभाग र तनहुँ जोडने एकमात्र पक्की पुल हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%३%११%२%

प्रतिक्रिया दिनुहोस


↑