२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एक जना कोरोना सक्रमितको निधन

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २६६६ पाठक संख्या

कोल्हुवा । पुर्वी नवलपरासीमा रहेको मध्यविन्दु नगरपालिकामा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ४ निवासी ३४ बर्षीय पुरुषको निधन भएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले जानकारी दिनुभयो । उक्त पुरुष असार १ गते मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना भएको थियो ।

उनको कोरना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको हो । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१४%१%

प्रतिक्रिया दिनुहोस