२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अबैध रुपमा ल्याउँदै गरेको १० लाख बढीको खसी नियन्त्रणमा

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) २७७७ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको १० लाख १२ हजार मुल्य बराबरका खसी नियन्त्रणमा लिएको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको पं्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेबाट ४६ वटा खसी नियन्त्रणमा लिएको हो ।

भारतबाट खसीहरु पैदल डोरीमा बाधी डोहो¥यायर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त खसीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकरी दिनुभयो ।

नियन्त्रणमा लिइएका सबै खसीलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको डिएसपी लामाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%५%२%१%

प्रतिक्रिया दिनुहोस