२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा थप सात दिन निषेधाज्ञा

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) १७७० पाठक संख्या

चितवन, असार २ । चितवन जिल्लामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले असार १० गतेसम्म निषेधाज्ञा थप भएको जानकारी दिनुभयो ।

जिल्लामा कोेरोना संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञा थप गरिएको लामिछानेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजेबाट सकिदै छ ।

पछिल्लो पटक निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई खुकुलो पारिएको थियो ।

चितवनमा गत बैशाख १६ गते राती देखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले पहिलो चरणमा वैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म, दोस्रो चरणमा वैशाख ३१ गते देखी जेठ १३ गते सम्म, तेस्रो चरणमा जेठ १३ देखी २० गते सम्म, चौथो चरणमा जेठ २० गते देखी २७ गते र पाचौँ चरणमा असार ३ गते सम्मलाई लम्बाईएको थियो ।

तर यो अवधिमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरि छैँठौ चरणमा असार १० गते सम्मलाई निषेधाज्ञा लम्बाईएको हो ।

चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले बुधबार उपलब्ध गराएको तथ्यांक अनुसार मृत्यु हुनेहरुमा चितवन जिल्लाका २ जना र वाँकी वाहिरी जिल्लाका रहेका छन् ।

जसमा भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जनाको निधन भएको छ ।

त्यस्तै चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३५ जना कोरोनाका बिरामी संक्रमणमुक्त भएका छन् ।

अहिले चितवनका विभिन्न अस्पतालमा २५० जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४१ जना र सामान्य बेडमा १०४ जना रहेका छन् ।

चितवन जिल्लामा मात्रै थप ४८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

थपिएका सहित जिल्लामा सक्रिय स।क्रमितको सख्या १ हजार ४२९ पुगेको छ ।

जिल्लामा हालसम्म संक्रमित हुनेको कुल सख्या १५ हजार १३१ रहेकोमा १३ हजार ४५० जना निको भइसकेको छन भने हालसम्म २५२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस