२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सुनकोशीमा तीन शव फेला

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) २२४१ पाठक संख्या

सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस