२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका १३ जना पक्राउ

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) ४११७ पाठक संख्या

सुस्मा न्याैपाने

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले विभिन्न अपराधमा अदालतबाट कैद तथा जरिवाना भै फरार रहेका १३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत नवलपुरबाट कैद तथा जरिवाना भैरहेका हरुलाई पक्राउ गरि अदालत समक्ष बुझाइएको प्रहरीले जनाएको छ ।
बहु–विवाह, बाल यौन दुरुपयोग, भ्रष्टाचार, बैंकिङ कसुर, चेक अनादर, डाँका चोरी, लागु औषध लगायतका मुद्धाका उनिहरुलाई कैद भुक्तान तथा जरिवाना असुलीका लागि अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

अदालतसमक्ष पेश गरिएका १३ जना मध्ये १२ जना कारागार चलान भएका छन् । चेक अनादार मुद्धामा पक्राउ परेका कावासोती नगरपालिका वडा नं. ८ का शिवादेवी अधिकारी भने जरिवाना रकम बुझाएर फर्केको प्रहरीले जनाएको छ ।

नवलपुर प्रहरीले लामो समयदेखि फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि पाँचदिनको बलियो कसरत गरेको थियो । छोटो अवधिमा गरिएको अपरेशनमा अदालतबाट कैद भुक्तान तथा जरिवाना तोकिएकाहरु पक्राउ पर्नु प्रहरीको लागि राम्रै सफलता हो ।

तलकाे सूचिमा रहेका मध्ये चेक अनादार कसुरका शिवादेवी अधिकारी बाहेक अरु १२ जना कारागार चलान भएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%२%१%१%

प्रतिक्रिया दिनुहोस