२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीको बहाब घट्दै

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) ११७९ पाठक संख्या

नवलपरासी । नवलपरासीको नारायणी नदीअन्तर्गत गण्डक ब्यारेजमा पानीको सतह बिस्तारै घट्दै गएको छ । पछिल्लो दुई दिनदेखि नारायणी नदीमा आएको बाढीको बहाबमा आज केही कमी आएको छ ।

अहिले बाढीको बहाब घट्दै गएको नारायणी नदीमा पानीको सतह अहिले केही तल झरेको छ । नारायणीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको थियो ।

नारायणी नदीको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड पुगेपछि खतराको तह पार गरेको मानिन्छ । गएराति नारायणीको तह उच्च विन्दुमा पुगे पनि आज बिहानदेखि नै नारायणीको सतह केही घट्दै आइरहेको छ ।

राती र आज दिन भरी पानी कम परेकाले बहाब घट्दै गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस