२०८२ अषाढ १६, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको नारायणी क्षेत्रका आधा दर्जन होटल डुवानमा

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) ३७३४ पाठक संख्या

सागर पोख्रेल
कावासोती । अविरल वर्षाका कारण नवलपुरको विभिन्न ठाउँहरु जलाशयमा परिणत भएको छ । कावासोती १७ अमलटारी क्षेत्रका रिसोर्टहरु पनी डुबानमा परेका छन् ।

नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको कावासोती नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष छविलाल महतोले जानकारी दिनुभयो ।

FB_IMG_1623835019704

कावासोतीको अमलटारी क्षेत्र अन्र्तगत नारायणी नदि किनारमा रहेका नाना, रिर्टनिङ अमलटारी रिसोर्ट सहीतमा करीब आधा दर्जन होटल तथा रिसोर्टहरु डुवानमा परेको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो।

मध्यरातमा रिसोर्टहरु डुवानमा परेपछि रातीनै रिसोर्टमा रहेका व्याक्तिहरु सुरक्षित स्थानमा आइ बसेको समेत उहाँले जानकारी दिनु भयो ।

FB_IMG_1623835022368

अध्यक्ष महतोले पानीको बहाब बढी रहेकोले शुरक्षित रहन आग्रह समेत गर्नु भएको छ । अहिले रिसोर्ट क्षेत्रमा पानी बगी रहेकोले क्षतिको बिवरण भने एकिन गर्न नसकिएको बताउनुभयो ।

यस्तै नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार गैंडाकोटको बोटे टोलका केही स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ । मंगलबार रातिनै उनिहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१८%४%

प्रतिक्रिया दिनुहोस