२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ सय ५० बिघाको धान बाढिले बगायो

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) ३९२५ पाठक संख्या

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ ।

वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मि आधारभुत विद्यालय वगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।

धेरै जसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगाएको शिक्षक विकले बताउनुभयो ।

यस्तै बाढीले वगुवनमा रहेका लक्ष्मि आधाभुत विद्यालय सहित वाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् । बाढीले घर डुबानमा परेपछी घरका बासिन्दा सहित ,खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो।

तिन तिरबाट विनयी र नारायणी नदिले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तीत बनेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%१७%२%

प्रतिक्रिया दिनुहोस