२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा सडक भासिएर पछी एकतर्फी रूपमा यातायात सञ्चालन, दाउन्नेमा जाम

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) ३५४५ पाठक संख्या

नारायण शर्मा / नवलपरासी पूर्व — पूर्व–पश्चिम महेन्द्र राजमार्गको गैंडाकोटमा सडक भासिएर अवरुद्ध रहेको सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएका छन् ।

राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भासिएर अवरुद्ध रहेको सडकमा कल्भर्ट राखेर केहीबेर अघिदेखि एकतर्फी रूपमा यातायातका साधन चलाउन थालिएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर १० खरखरे भन्ने स्थानको डाइभर्सन मंगलबार बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । बाटो खुलाइएसँगै हिजोदेखि रोकिएका २ सय बढी मालवाहक ट्रक हिँडेका छन् ।

दाउन्नेमा जाम

महेन्द्र राजमार्गको दाउन्ने स्थित ध्यू खोला नजिक सडक भासिएका कारण राजमार्ग अवरुद्ध भएको छ । महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिडेका सयौं मालवाहक गाडी र साना गाडी प्रहरीले दुम्किवास र बर्दघाटमा रोकेको जानकारी दिएको छ ।

लगातारको वर्षाका कारण दाउन्नेका ठाउँठाउँमा पहिरो खस्ने र सडक भासिने भएको छ । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन नसक्दा यातायात सुरु हुन नसकेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%९%१%

प्रतिक्रिया दिनुहोस