२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा अवस्थित सिटीजन्स बैंक सुचारु, QR Code भुक्तानी सेवा चौराहामा

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) १४५८ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु वाड न: ३ कोल्हुवा स्थित चौराहाको सिटीजन्स बैंक ईन्टरनेशनल शाखा सुचारु भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेको बैंक हिजो मंगलबार देखी खुल्ला गरिएको शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोल्हुवा शाखा नियमित रूपमा बिहान १० बजे देखि दिउँसो २ बजे सम्मका लागि खुल्ला रहनेछ।

कोरोना भाईरसबाट सावधानीको मध्यनजर गर्दै बैंकले घरमै बसेर सिटीजन्स स्मार्ट बैंकिंग, ईन्टरनेट बैंकिंग, आईपीएस कनेट्ट QR Code सेवाहरु उपलब्ध गराएको हो ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न सिटीजन्स बैंक ईन्टरनेशनल शाखा कोल्हुवाले चौराहा बजारमा QR Code बाट भुक्तानी कार्यक्रमको सुरुवात समेत गरेको छ ।

खुद्रा पैसाको झन्झट नहुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा QR Code बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस