२०८३ भाद्र २४, बुधबार
नयाँ
पछिला अपडेट

गण्डकीको बजेट : कोरोनाबाट मृतकका परिवारलाई ५० हजार, सन्तानलाई भत्ता ५ हजार

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) २८९० पाठक संख्या

पोखरा । कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई गण्डकी प्रदेश सरकारले जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा आगामी वर्षको बजेट वाचन गर्दै यस्तो घोषणा गरेका हुन्।

पोखरेलले कोरोना संक्रमणबाट मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने पनि घोषणा गरेका छन्।

गण्डकीमा कोरोनाबाट करिब ८ सयले ज्यान गुमाएका छन्। यी मृतकका परिवारका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत रात दिने घोषणा पोखरेलले गरेका हुन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%३%२%

प्रतिक्रिया दिनुहोस