२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज र भोलि बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) ३७०६ पाठक संख्या

कावासोती । अविरल वर्षासँगै नदी र खोलामा बाढी आएको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ ।

नवलपुरमा पनि भारी वर्षको सम्भावना अझै रहेकाले डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

नवलपुर, डण्डा, अरुमखोला आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुनेदेखिएकोले उक्त क्षेत्रभई बहने स-साना खोलाहरुमा बाढी आउने भएकाले थप सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।

नवलपुरको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

नवलपुरको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपुरको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो।

देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद्ले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%६%१८%२%

प्रतिक्रिया दिनुहोस