२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा नवलपुर

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) १३२९ पाठक संख्या

कावासोती । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा आज सरकारको निति तथा कार्यक्रम पेश गरेकी हुन ।

मुख्यमन्त्री नियुक्त भएको दुईदिनभित्रै नीति तथा कार्यक्रम लैजानुपर्ने दबाबका बीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सरकारले लोकप्रिय कार्यक्रम  प्रस्तुत गरेको हो ।

नीति तथा कार्यक्रममा नवलपुर

गण्डकी प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नवलपुरमा भने केही नयाँ र केही पुरानै योजनालाई निरंतरता दिईएको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन गर्ने गरि ल्याएईएको नीति तथा कार्यक्रममा नवलपुरमा ट्रमा सेन्टरको स्थापना गर्ने महत्त्वपूर्ण र आमचासोको कार्यक्रम समेटिएको छ । त्यस्तै मध्यविन्दु जिल्ला अस्पतालमा डाईलाईसिस सेवा र आँखा उपचार सेवा बिस्तार गर्ने गरि कार्यक्रममा समेटिएको छ । त्यसै गरि खेलकुद विकासको लागि जिल्लाको गैंडाकोटमा बिपि खेलकुदग्राम  स्थापना गरिनेकार्यक्रममा समेटिएको छ ।

त्यस्तै पर्यटन प्रवर्द्धनकालागि नारायणी नदि किनारमा बीच पार्कको निर्माणको लागि अध्ययन सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसै गरि नवलपुर, तनहुँ र कास्कीमा वन पैदावरमा आधारित मझौला उद्योग स्थापना गर्ने गरि कार्यक्रम ल्याईएको छ । जिल्ला सदरमुकाम कावासोतीमा एकीकृत प्रशासनिक केन्द्रको निर्माण कार्य अगाडि बढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सरकारद्वारा ल्याईएको नीति तथा कार्यक्रममा प्रदेशको लाईफ लाईन भनिएको त्रिवेणी-दुम्किबास- कोरोला मार्ग र भिमाद डेढ गाउँ अरुणखोला सडकलाई यस वर्ष पनि निरन्तर दिईने उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%४%

प्रतिक्रिया दिनुहोस