२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकि प्रदेशको नीति तथा कार्यक्रम,नवलपुरमा ट्रमा सेण्टर स्थापना हुने

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) २१०४ पाठक संख्या

नवलपुर, ३१ जेठ । गण्डकी प्रदेशले नवलपुरमा पनि ट्रमा सेण्टर स्थापना गर्ने भएको छ । सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ट्रमा सेण्टर स्थापनाको घोषणा गरिएको हो ।

यस्तै आगामी वर्षको कार्यक्रममा गैँडाकोटमा विपी खेल ग्राम निर्माणमा सहयोग पु¥याउने कार्यक्रम अघि बढाउने जनाईएको छ ।

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो । प्रदेश प्रमुख सीता पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भोलि मंगलबार ७ वटै प्रदेश सरकारले भोलि नयाँ बजेट ल्याउँदै छन् ।

संविधानतः प्रदेश सरकारले असार १ मै बजेट ल्याइसक्नुपर्ने दबाबका कारण सरकार गठन भएको छोटो समयावधि बीचमै नयाँ बजेट ल्याउनुपर्ने गण्डकी सरकारलाई चटारो परेको छ ।

गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्ने हुनु भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले नै बजेट वाचन गर्ने जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस