२०८२ चैत्र १५, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीकी सञ्चारकर्मी एलिना केसीले अभिनय गरेको भिडियो रिलिज

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) ३६२० पाठक संख्या

देवचुली । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘तिमी बोलाउ मात्र’ बोलको गजलको भिडियो आइतबार युट्युबमा रिलिज गरिएको छ।

नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो।

गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन।

नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको बियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ।

सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। दीपेश कडरियाले निर्माण गरेको उक्त गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन।

गजलको छायांकन तथा एडिटिङ्ग रिन्कु सापकोटाले गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस