२०८२ भाद्र ३१, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ७ जना जुवाडे पक्राउ

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) ६१३७ पाठक संख्या

नवलपुर । नवलपुरमा शनिबार बेलुका ६ बजे तिर नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गैडाकोट नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष प्रेम बहादुर भण्डारी,सोही स्थानका ज्ञानेन्द्र हमाल,खग बहादुर राना, यदु प्रसाद सापकोटा, लोक बहादुर महतो भुपाल राना र गोरखा घर भई हाल गैंडाकोट नगरपालिका वडा नं. १३ बस्ने राजन कुमार योगी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १३ मा प्रहरी टोली गस्ती गर्दै जाने क्रममा प्रेम बहादुर भण्डारीले सञ्चालन गरेको खाजा घरमा हार जित हुने गरी जुवातास खेलि रहेको अवस्थामा ६२ हजार ७ सय २५ नगद सहित पक्राउ गरिएको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%८%३%२%२४%

प्रतिक्रिया दिनुहोस