२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

‘गण्डकीमा आजै मुख्यमन्त्री नियुक्ति नगरी भोलिसम्म पर्खनु लोकतन्त्रको उल्लंघन हो’

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) १६५२ पाठक संख्या

नवलपुर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गण्डकी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्ति नगर्नु लोकतन्त्र र निर्वाचनको परम्पराकै उल्लंघन भएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनको लागि दाबी गर्न समयदिएसँगै कांग्रेस नेतृत्वको गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरी हस्ताक्षर बुझाएको छ ।

३१ जना सांसद स–शरीर उपस्थित भएर प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उपसभापति निधिले आपत्ति जनाएका हुन् । निधिले चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न पाँच बजेसम्म कुर्ने चलन नभएको प्रसंग उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्य सहित उपस्थित भएपनि मा.कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो,’ निधिले फेसबुकमा लेखेका छन्, ‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन । अति भय‍ो !!’

आज पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसद गरेर ३१ सांसदले हस्ताक्षर बुझाएका हुन् ।

‘गण्डकीमा आजै मुख्यमन्त्री नियुक्ति नगरी भोलिसम्म पर्खनु लोकतन्त्रको उल्लंघन हो’

‘गण्डकीमा आजै मुख्यमन्त्री नियुक्ति नगरी भोलिसम्म पर्खनु लोकतन्त्रको उल्लंघन हो’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस