२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ८३ जनामा कोरोना संक्रमण

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) १७३४ पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (शुक्रबार) थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ९ जना कोरोना मुक्त भएका छन् भने देवचुली नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका वडा नं. ६ का ६८ बर्षिय पुरुषको मध्यबिन्दु जिल्ला अस्पतालमा यहि जेठ २५ गते गरिएको परिक्षणमा कोरोना पुष्टि भएपछि थप उपचारका लागी भरतपुर अस्पतालमा लगिएको र आज बिहान पौने ८ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

आज जिल्लामा सबैभन्दा बढी देवचुली नगरपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गैंडाकोट र कावासोती नगरपालिकामा २२/२२ जना, विनयी त्रिवेणी गाउँपालिकामा १२ जना र विनयी त्रिवेणी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ३३ जना कोरोना मुक्त भएका छन् । यस्तै कावासोती नगरपालिकामा ३२ जना, मध्यबिन्दु नगरपालिकामा २१ जना, देवचुली नगरपालिकामा १२ जना, विनयी त्रिवेणी गाउँपालिकामा ८ जना, हुप्सेकोट गाउँपालिकामा २ जना र बौदिकाली गाउँपालिकामा १ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा अहिलेसम्मम ९६ जनाको मृत्यु भएको छ भने अब जिल्लामा सक्रिए संक्रमितको संख्या ७ सय २९ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%१%१%१%

प्रतिक्रिया दिनुहोस