२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ७६ जनामा कोरोना संक्रमण हुँदा ६८ जना निको भए

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) १७४१ पाठक संख्या

कावासोती । नवलपुरमा बिहिवार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा गैँडाकोटका १३, देवचुलिका २३, कावासोतीका १९, मध्यविन्दुमा ८, विनयी त्रिवेणीमा ५, हुप्सेकोटमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना निको भएका छन् । निको हुनेमा गैँडाकोटका ११, देवचुलिका १९, कावासोतीका १०, मध्यविन्दुमा १०, विनयी त्रिवेणीमा ४, बौदिलाकिका १४ जना रहेका छन् ।

जिल्लामा आज थप १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको सख्या ७ सय ५६ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । बैशाख यता संक्रमित ३ हजार ९ सय ४ मध्ये अहिले सम्म ३ हजार ८५ जना निको भैसकेका छन् । बैशाख यता मृत्यु हुनेको सख्या ६३ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस