२०८२ आश्विन २, बिहिबार
नयाँ
पछिला अपडेट

गण्डकीमा ढल्यो मुख्यमन्त्री गुरूङको सरकार

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) २७२५ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएपछि उनको सरकार ढलेको हो।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा भएको मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ। मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्।

३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्। यसैगरी खेलकूद मन्त्री राजिव गुरूङ पनि उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस