२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर होटल व्यवसाय संघद्वारा खाद्यन्न सामाग्री सहयोग 

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) २०८५ पाठक संख्या

कावासोती । नवलपुर होटल व्यवसाय संघद्वारा देवचुली नगरपालिका वडा नं १३ दलदलेमा रहेका एक होटल व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

मंगलबार नवलपुर होटल व्यवसाय संघका अध्यक्ष लगायतको टोलीले दलदलेमा अवस्थित मनकामना खाजा घरका व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग गरेको हो ।

कोभिड-१९ को संक्रमणका कारण देश नै निषेधाज्ञामा रहेको समयमा सानो व्यवसाय गर्ने परिवारलाई राहत स्वरुप केही खाद्यन्न सामाग्री सहयोग गरिएको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष संतोष राना मगरले जानकारी दिनुभयो ।

यो समयमा अन्य क्षेत्रसँगै सबैभन्दा बढि होटल व्यवसाय मारमा परेकाले आर्थिक अवस्था कमजोर भएका होटल व्यवसायीलाई नवलपुर होटल व्यवसायी संघले सहयोग गर्ने अध्यक्ष रानामगरले बताउनुभएको थियो ।

लामो समय देखि दलदलेमा मनकामना खाजा घर संचालन गर्दै आउनुभएकी कमला खरेललाई चामल २५ किलोको २ बोरा, चिनी ५ किलो, तेल ४ लिटर,नुन ४ केजी, दाल ५ केजी मसला, चियापत्ती लगायतको खाद्यन्न सहयोग गरिएको थियो ।

लकडाउनले व्यवसाय नै ठप्प भएको समयमा नवलपुर होटल व्यवसायी संघले सहयोग गरेकोमा खुशी लागेको मनकामना खाजा घरकी कमला खरेलले बताउनुभयो ।
लकडाउन अझै थप भए अन्य समस्यामा परेका होटल व्यवसायीहरुलाई सहयोग गर्ने र त्यसको लागि फोन सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

फोन सम्पर्क : संतोष रानामगर अध्यक्ष नवलपुर होटल व्यवसायी संघ (९८५७०२८०५१)

यस अघिको लकडाउनमा पनि नवलपुर होटल व्यवसायी संघले समस्यामा परेका होटल संचालकहरुलाई सहयोग गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस