२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ५ जनाको मृत्यु,

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) १७५१ पाठक संख्या

चितवन  । चितवनमा आज एकै दिन पाँच जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना बिरामी डिस्चार्ज भएका छन् । मृतकमध्ये चितवनका २ जना हुन् भने चितवन बाहिरका ३ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार चितवन जिल्लाका विभिन्न अस्पतालमा गरेर ३१२ जना बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ११७ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १४५ जनाको उपचार भइरहेको छ ।                                                                                    चितवनमा विगत २४ घण्टामा ८० जना बिरामी थपिएका छन् ।जसमा भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा ६ जना, रत्ननगरमा १६ जना, राप्तीमा १४ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार ७३० पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस