नवलपुर — दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि ८ वटा आईसीयू बेड पठाएका छन् ।
कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आईसीयू बेड मंगलवार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।
अस्पताल हातामा मंगलबार आयोजित कार्यक्रममा नवलपुर समाज दक्षिण कोरियाका सचिव मेघनाथ चापागाईंले निर्वतमान संघीय सांसद तिलक महतमार्फत् ती बेड अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. वीरबहादुर थापाले प्राप्त सबै बेड आईसीयू कक्षमा प्रयोग गरिने जानकारी दिए । जिल्ला अस्पताल ५० शय्या सञ्चालन अनुमति पाएको छ ।
दक्षिण कोरियामा रोजगारीका सिलसिलामा गएका पूर्वी नवलपरासीका युवाहरुले यस अघिपनि यहाँका विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।