२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा निषेधाज्ञा खुकुलो पारिएसँगै भिडभाड

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) २७५३ पाठक संख्या

विकास अधिकारी 

परासी, जेठ २४ । पश्चिम नवलपरासीमा निषेधाज्ञा केही खुकुलो बनाएपछि बैंक तथा वित्तिय संस्थामा भिडभाड बढेको छ । २२ दिनसम्म बन्द बैंकहरु खुल्ने सुचना पाएपछि मानिसहरु बैंक नखुल्दै लाम लाग्ने गरेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा आइतबार देखि जेठ ३१ गतेसम्म थप गरेको निषेधाज्ञामा यसअघि बन्द रहेका किराना पसल र बैंक तथा वित्तिय संस्था निश्चित अवधिका लागि खोल्न अनुमति दिएको हो ।

194661269_352270449658088_4729390030398512599_n

बैंकहरु एक दिन बिराएर बिहान १० देखि १ बजे सम्म खोल्न अनुमति दिईएको छ भने फुलफुल तरकारी र खाद्यन्न विक्रि गर्ने पसल व्यवसाय विहान ५ देखि ९ बजेसम्म खोल्न दिईएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तिव्रगतिमा फैलिन थालेपछि गत बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो । जिल्लामा अहिले ९ सय २४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । हालसम्म एक सय ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%५%

प्रतिक्रिया दिनुहोस