२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ९० जनामा कोरोना संक्रमण

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) १३९८ पाठक संख्या

कावासोती । नवलपुरमा आज थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भने भएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा थप ९० जना नयाँ सक्रमित थपिएका छन् । कुल २ सय १ जनाको  परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका २१, देवचुलीका १३, कावासोतीका २८, मध्यबिन्दुका १७, विनयी त्रिबेणीका ११ गरि ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा १११ जना संक्रमण मुक्त भएका छ्न । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस