२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) ४१७६ पाठक संख्या

कावासोती । देवचुली नगरपालिका-२ हमालचोकको सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ ।

सोमबार बिहान ना.१ क ३९५३ नम्बरको ट्रकले करिब ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%२%२३%३%

प्रतिक्रिया दिनुहोस