२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भए ( विवरण सहित )

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) १७५१ पाठक संख्या

कावासोती । नवलपुरमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७८ जना कोरोना मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बिनयी त्रिवेणी गाउँपालिकामा १४ जना र मध्यबिन्दु नगरपालिकामा १० जना गरी जम्मा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामै २२ जना कोरोना मुक्त भएका छन् ।

अब जिल्लामा सक्रिए संक्रमितको संख्या ८ सय ७८ रहेको छ । यस्तै हालसम्म जिल्लामा ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने वैशाख यता मात्रै पनि ५७ जनाको ज्यान गइसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस