२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारा रेडक्रसद्वारा मध्यविन्दु नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

चोरमारा । नेपाल रेडक्रस सोसाइटी चोरमारा उपशाखाले आइतबार नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको बढ्दो जोखीमलाई मध्यनजर गर्दै उपशाखाले स्वास्थ्य सामाग्री प्रदान गरेको उपशाखाका सभापति विन्दु काफ्लेले बताउनुभयो ।

उपशाखाले नगरपालिकालाई एक हजार पिस सजिर्कल माक्स, २५ पिस एन ९५ माक्स र पाँच वटा सेनिटाइजर प्रदान गरेको हो ।

उपशाखाका सभापति विन्दु काफ्लेले उक्त स्वास्थ्य सामाग्री नगरउपप्रमुख ओमकुमारी महतोलाई हस्तान्तरण गनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस