२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) १३९६ पाठक संख्या

चोरमारा । नवलपुरको हुप्सेकोट गाउँपालिकाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि नाम दर्ता गर्नको लागि सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कोरोनाभाइरसको दोस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० वर्ष देखि ६४ वर्ष सम्मका सबैजना र यस अघिल्लो पटक पहिलो डोज लिनछुटेका ६५ वर्ष माथिका सबैलाई नाम टिपाउन अनुरोध गर्नुभएको छ ।

यहि जेठ २५ गतेबाट पहिलो डोज लिनछुटेका सबैमा र ६० देखी ६४ बर्ष सम्मका सबैलाई लगाउन योजना अनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराउन हुप्सेकोट गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यही मंगलबारबाट कोरोना विरुद्धको खोप लगाइने भएकोले सम्बन्धि सबैलाई आफ्नो वडा कार्यालयमा वा तलको निम्न नम्बरमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

गाउँपालिकाले सम्बन्धित निम्न नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

धौवादीका हरि प्रकाश वाग्ले :- ९८४७०५३१३९
देउरालीका टेकनाथ न्यौपाने:- ९८५७०४१२८२
हुप्सेकोटका विजय महतो :- ९८४९६६९३४९
स्वास्थ्य शाखा झ्यालबासमा- ९८४७२५२९५८

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस