२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकैदिन १०२ जनामा कोरोना संक्रमण,२ जनाले ज्यान गुमाए

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) १८८४ पाठक संख्या

 कावासोती । नवलपुरमा आज एकैदिन १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा थप १ सय २ जना नयाँ सक्रमित थपिएका छन् । कुल १ सय ३५ जनाको  परिक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका २३, देवचुलीका १६, कावासोतीका २१, मध्यबिन्दुका ५, विनयी त्रिबेणीका ७, हुप्सेकोटका १, बुलिङटारका २८ र अन्य जिल्लाका १ जना गरि १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा ११९ जना संक्रमण मुक्त भएका छ्न भने २ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९०५ पुगेको छ ।2.22 (1).PNG

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%

प्रतिक्रिया दिनुहोस