२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज १०८ जनामा कोरोना संक्रमण

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) १६६३ पाठक संख्या
कावासोती । नवलपुरमा आज (शुक्रबार) एकैदिन १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय १४ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भने भएको छैन ।

आज जिल्लामा सबैभन्दा बढी बौदिकाली गाउँपालिकामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा २२ जना, गैंडाकोट नगरापलिकामा १८ जना, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा ८, ८ जना, देवचुली नगरपालिका र हुप्सेकोट नगरपालिकामा १,१ जना र अन्य १ जना गरी जिल्लामा जम्मा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ६७ जना कोरोना मुक्त भएका छन् । यस्तै विनयी त्रिवेणी गाउँपालिकामा २० जना, देवचुली नगरपालिकामा १३ जना, कावासोती नगरपालिकामा ८ जना, बौदिकाली गाउँपालिकामा ५ जना र अन्य १ जना गरी जिल्लामा जम्मा १ सय १४ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको छ । दोस्रो लहरको कोरोना पछि बैशाख यता मात्रै जिल्लामा ५२ जनाको ज्यान गइसकेको छ । अब नवलपुरमा ९ सय २४ जना सक्रिए संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।1622808366 TWoLH

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस