२०७८ कार्तिक १०, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( महिना अघि) ७१७६ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा गए राति लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ बर्षीय हर्कबहादुर डिस्वा मगरको मृत्यु भएको हो ।

Thanet

मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ बर्षीय कपिल भुसाल र मोटरसाइकलमा सवार २८ बर्षीय सागर भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%१%५%१%५६%८%

प्रतिक्रिया दिनुहोस