२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

संघीय सरकारको तर्फबाट जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री सहयोग

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) १७७४ पाठक संख्या

कावासोती । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागले मध्यविन्दु जिल्ला अस्पतालका लागि १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री पठाएको छ ।

स्वास्थ्य सेवा विभागले अस्पतालका लागी १५ थान अक्सिजन सिलिन्डर, ७ थान अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर स्पट चेक ५ थान, Laryngoscope २ थान, सर्जिकल माक्स १००० थान, गाउन १०० थान, सेफ्टी चस्मा २५ थान, एन 95 माक्स २०० थान, पंजा १०० थान पठाएको हो ।

बुधबार संघिय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको सामान नवलपुर क्षेत्र नं २ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य तिलक महतले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको उपस्थितमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीर बहादुर थापालाई हस्तान्तरण गरेका हुन ।

यस अघि संघीय सरकारका तर्फ बाट अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न ७५ लाख बजेट विनियोजन भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस