२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीको चौधरी उद्योगमा आगलागी , ३ वटा दमकलले निभाउने प्रयास जारी

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) ३२७६ पाठक संख्या

कावासोती  । नवलपुरको  देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको ग्रामको बियर प्लान्टमा आगालागी भएको छ।

काम गर्ने क्रममा अचानक बुधबार विहान ८:२० बजे आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयास जारी भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छ्न ।

अचानक लागेको आगो नियन्त्रणको लागि शशत्र प्रहरी बल,नेपाल प्रहरी, ३ वटा दमकलले आगालगी नियन्त्रणको प्रयास गरिरहेका छन भने कुनै मानविय क्षेती नभएको प्रशासनले जनाएको छ।

आगलागीको कारण खुलेको छैन र क्षतिको विवरण आउन पनि सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%५%१%५५%२%

प्रतिक्रिया दिनुहोस