२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नेता उज्जवल थापाको अवस्था गम्भीर

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १२३९ पाठक संख्या

काठमाण्डौ जेष्ठ १८ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको अवस्था गम्भीर रहेको डा. विष्णु दवाडीले बताउनु भएको छ ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भएपनि थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

उज्जवल थापालाइ कोरोना संक्रमण भएपछि सुरुमा ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पछि ग्राण्डीमा अस्पतालमा थप उपचारको लागि लगियो र थापाको स्वास्थ्य उपचार इक्मो प्रविधि अन्तरगत हुने भएकोले मेडिसिटी अस्पताल पुराइएको थियो ।

थापा २०७६ असोज २९ सम्म विवेकशील साझा पार्टीको अध्यक्ष हुनुन्थ्यो । नया पुस्तालाइ राजनीतिमा आउन उत्प्रेरणा दिने स्रोतको रुपमा थापा परिचित हुनुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस