२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा १३५ जना कोरोना संक्रमणबाट मुक्त

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) १५४७ पाठक संख्या

चोरमारा । युके भेरियन्ट नामले परिचित कोबिड १९ को दोस्रो लहरको कोरोना भाईरस संक्रमणबाट मध्यबिन्दु नगरपालिकामा १ सय ३५ जना निको भएर संक्रमण मुक्त भएका छन ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कोभीड फोकल पर्सन माधब प्रसाद पोखरेलका अनुसार जेठ १७ गते सम्म कुल २ सय ६६ जना संक्रमित भएकोमा १ सय ३५ जना निको भएका हुन् ।

संक्रमितहरुको होम आइसुलेसनमा १ सय १३ जना , चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना , मध्यबिदु जिल्ला अस्पतालमा ३ जना , चितवन मेडिकल कलेजमा ४ जना र भरतपुर अस्पतालमा २ जना गरि जम्मा १ सय २६ जनाको उपचार भैरहेको पोखरेलले बताउनुभयो ।

त्यसैगरी १ सय २६ जना सक्रिय संक्रमित रहेकोमा १३ जनाको अस्पतालमा र १ सय १३ जना होम आइसुलेसनमा बसि उपचार गराइरहेका छन भने ५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

Screenshot_20210531 113741_Messenger

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस