२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कुन स्थानीय तहले कति बजेट प्राप्त गरे, तेस्रोमा मध्यविन्दु नगरपालिका

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ३८४९ पाठक संख्या

कावासोती । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले रु.१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ।

यो अहिलेसम्मकै ठूलो आकारको बजेट हो । चालु आर्थिक वर्षको बजेटको भन्दा करीब ११.७ प्रतिशत ठूलो हो । चालु आर्थिक वर्षको बजेटको आकार रु.१४ खर्ब ७४ अर्ब छ।

नवलपुरका  स्थानीय तहको बजेटमा

नवलपुरका ८ स्थानिय तहलाई सरकारले आर्थिक बर्ष २०७८,७९ का लागी ३ अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ ।  नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिकाका लागि सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदानका लागि २ अर्ब ९१ करोड ६२ लाख र पुँजीगत तर्फ ३७ करोड ८७ लाख रकम विनियोजन गरेको हो ।

१ – कावासोती नगरपालिका

जिल्लाको आठ स्थानीय तह मध्य सर्वाधिक बजेट कावासोती नगरपालिकालाई ५९ करोड ७९ लाख रकम विनीयोजन भएको छ । चालु तर्फ ५० करोड सात लाख र पुँजीगत तर्फ ९ करोड ७१ लाख बजेट प्रादन गरिएको छ ।
  २- मध्यविन्दु नगरपालिका

मध्यविन्दु नगरपालिकालाई ४९ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । चालु तर्फ ४३ करोड ४० लाख र पुँजीगत तर्फ ६ करोड सात लाख बजेट प्रदान गरिएको हो ।
 ३- गैंडाकोट नगरपालिका

गैंडाकोट नगरपालिकालाई ४६ करोड ३१ लाख चालु तर्फ र ५ करोड १३ लाख पुँजीगत गरि कुल ५१ करोड ४४ लाख बजेट विनीयोजन गरिएको छ ।                                                        ४- देवचुली नगरपालिका                                            देवचुली नगरपालिकालाई ३९ करोड ३३ लाख चालु तर्फ र चार करोड ५९ लाख पुँजीगत गरि कुल ४३ करोड ९२ लाख बजेट प्रदान गरिएको छ ।

    ५ – विनयीत्रिवेणी गाउँपालिका

विनयीत्रिवेणी गाउँपालिकामा ३२ करोड ९२ लाख चालु तर्फ र २ करोड ५१ लाख पुँजीगत गरि कुल ३५ करोड ४३ लाख बजेट विनीयोजन गरिएको छ ।                                                            ६- बुलिङ्गटार गाउँपालिका                                    बुलिङ्गटार गाउँपालिकालाई २८ करोड ९१ लाख चालु तर्फ र २ करोड ३७ लाख पुँजीगत गरि कुल ३१ करोड २८ लाख बजेट विनीयोजन गरिएको छ ।

     ७- हुप्सेकोट गाउँपालका

हुप्सेकोट गाउँपालकालाई २६ करोड ८७ लाख चालु तर्फ र ५ करोड ६८ लाख पुँजीगत गरि कुल ३२ करोड ५५ लाख बजेट विनीयोजन गरिएको छ ।

        ८- बौदिकाली गाउँपालिका

बौदिकाली गाउँपालिकालाई २३ करोड ८१ लाख चालु तर्फ र १ करोड ८० लाख पुँजीगत गरि कुल २५ करोड ६१ लाख बजेट विनीयोजन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%४%१%२%१%

प्रतिक्रिया दिनुहोस