२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सिडिओ कार्यालय नवलपुरले आफुखुसी राहत बाडेकाे भेटिए कडा कारबाही गर्ने

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ३०८५ पाठक संख्या

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला कोभिड व्यवस्थापन समिति तथा स्थानीय तहको स्वीकृति र समन्वय बिना स्वास्थ्य सामाग्री वितरण लगायतका काम नगर्न आग्रह गरेकाे छ ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ महामारी यस जिल्लामा पनि तिव्र रुपमा फैलिरहेको छ । यस्तो अवस्थामा जिल्लाभरी निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ ।

मानव जातिमाथि नै आई परेको संकटको मौका छोपी सिमित स्वार्थ बोकेका केही व्यक्ति संस्था समूहहरु राहत बाड्ने भन्दै विभिन्न ठाँउहरुमा पुगेको भन्ने सूचना तथा गुनासो प्राप्त भएकोले राहतका नाममा गलत क्रियाकलाप गर्नेहरु प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालय नवलपुरको सुचनामा उल्लेख गरिएको छ ।

महामारीको समयमा स्वास्थ्य सामाग्री वितरण लगायतका कार्यहरु गर्दा जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) तथा स्थानिय तहको स्विकृति र समन्वय विना कुनै पनि कार्य नगर्नु । नगराउनु हुन सूचनामा जारी गरिएको छ ।

संकटको मौका छोप्दै केही व्यक्ति, समुह र संस्थाहरुले राहत वाड्ने भन्दै विभिन्न स्थानमा पुगेको सुचना कार्यालयमा प्राप्त भएको भन्दै कार्यालयले राहतको नाममा गलत काम गर्नेहरुलाई त्यसो नगर्न चेतावनी समेत दिएकाे छ ।

समन्वय बिना त्यस्ता कार्यहरु गरिए “कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८” बमोजिम कारवाही हुने प्रशासन कार्यालयकाे चेतावनी समेत रहेको छ ।

1081641876jilla.jpeg

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४०%१%

प्रतिक्रिया दिनुहोस