२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टा नबित्दै ३ जना संक्रमितको निधन

२०७८ जेष्ठ १६, आईतबार प्रकाशित ( साल अघि) ४९६८ पाठक संख्या

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टा नबित्दै ३ जना संक्रमितको निधन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कावासोती ३ निवासी ५६ बर्षीया महिलाको आइतबार विहान ९ः१० बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यतैअर्को एक जना आईतबार गैडाकोट १७ निवासी ६० बर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार साँझ निधन भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

त्यसैगरी कावासोती ८ निवासी ४१ बर्षीय पुरुषका पनि कोरोनाको कारण चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार उन पनि निधन भएको हो ।

जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७७ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%७०%३%

प्रतिक्रिया दिनुहोस