२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देशभरका सामुदायिक रेडियोबाट पराजुली उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) ३०८१ पाठक संख्या

जेठ १५, गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ की रिपोर्टर पवित्रा पराजुली उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत हुनुभएको छ ।

देशभरका सामुदायिक रेडियोहरु मध्येबाट पराजुली उत्कृष्ट संवाददाताको महिला तर्फबाट पुरस्कृत हुनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सिआईएनको १२ वर्ष पुरागरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा सो सम्मान गरिएको हो ।

Received_317296983255644

स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउन भुमिका खेलेको भन्दै पराजुलीलाई सम्मान गरिएको हो ।

देशभरि खुलेका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउनको लागि २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२१%२७%१%४%२%

प्रतिक्रिया दिनुहोस