२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएन्, संक्रमित भन्दा निकोहुने धेरै

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) १७३९ पाठक संख्या

कावासोती । नवलपुरमा आज सनिबार कोरोना भाइरसबाट थप ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या ६७ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

जिल्लामा आज सबैभन्दा बढी देवचुली नगरपालिकामा १९ जनामा संक्रमण भएको छ ।

यस्तै बौदिकाली गाउँपालिकामा १४ जना, गैंडाकोट नगरपालिकामा ११ जना, मध्यबिदु नगरपालिकामा १० जना, कावासोती नगरपालिकामा ६, र विनयी त्रिवेणी गाउँपालिकामा ४ जना गरी जम्मा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७४ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस