२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु नगरपालिकामा कोरोना संक्रमितको संख्या १३३ पुग्यो

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) २१०० पाठक संख्या

चोरमारा । नवलपुर जिल्लामा कोरोना संक्रमित बढे लगतै मध्यबिन्दु नगरपालिकामा पनि कोरोना संक्रमितको संख्या बढने क्रम जारी छ ।

यसै क्रममा मध्यबिन्दु नगरपालिकामा कोरोना संक्रमितको संख्या १३३ पुगेको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कोभीड फोकल पर्सन माधब प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

संक्रमितहरुको होम आइसुलेसनमा १२१ जना , चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना , मध्यबिदु जिल्ला अस्पतालमा ४ जना , चितवन मेडिकल कलेजमा ३ जना र भरतपुर अस्पतालमा २ जना गरि जम्मा १३३ जनाको उपचार भैरहेको पोखरेलले बताउनुभयो ।

नगरपालिकामा जेठ १५ गते सम्म कुल संक्रमितको संख्या २ सय ५२ जना पुगेको छ भने निको हुनेको संख्या १ सय १४ जना पुगेको छ ।

त्यसैगरी १ सय ३३ जना सक्रिय संक्रमित रहेकोमा १२ जनाको अस्पतालमा र १ सय २१ जना होम आइसुलेसनमा बसि उपचार गराइरहेका छन भने ५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ।

Screenshot_20210529 120710_Messenger

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस