२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २५५७ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

देवचुली नगरपालिका वडा नं. १४ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लग्ने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

उनको जेठ ४ गते चितवन मेडिकल कलेजमा गरिएको कोभिड परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोहि दिनदेखि उनि मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत रहेका थिए ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजर ५ सय ७० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१२%

प्रतिक्रिया दिनुहोस