२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आज कोरोनाबाट थप ५ को मृत्यु 

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २४०४ पाठक संख्या

परासी । नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन ।

योसगै नवलपरासी जिल्लामा कुल २ हजार ४ सय ५६ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार बर्दघाट नगरपालिकाका २ जना, सरावल गाउँपालिकाका २ जना र सुस्ता गाउँपालिकाका १ जना गरी ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण १ सय २२ जनाले ज्यान गुमाई सकेका छन । नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमण थपिएसंगै अहिले सम्म ४ हजार ४ जना कोरोना भाइरस संक्रमण हुनेको संख्या पुगेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस