२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा ११९ जना सङ्क्रमित निको भए (विवरण सहित )

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) १५९७ पाठक संख्या

कावासोती । नवलपुरमा आज मंगलवार कोरोना भाइरसबाट थप ११९ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या ११९ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या १ हजार ५ सय ७० पुगेको छ ।

आज गैंडाकोट नगरपालिका वडा नं. ४ का ५८ बर्षिय पुरुषको बुधबार चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।

यस्तै आज संक्रमण हुनेमा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ५० जना, देवचुली नगरपालिकामा २८, विनयी त्रिवेणी गाउँपालिकामा १७ जना, कावासोती नगरपालिकामा १४ जना, मध्यबिन्दु नगरपालिकामा ५ जना, हुप्सेकोट गाउँपालिकामा ५ गरी जम्मा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज निको हुनेम सबैभन्दा बढी गैंडाकोट नगरपालिकामै ६३ जना रहेका छन् । कावासोती नगरपालिकामा ३० जना, मध्यबिन्दु नगरपालिकामा ९ जना, विनयी त्रिवेणी गाउँपालिकामा ८ जना, देवचुली नगरपालिकामा ८ जना र अन्य १ जना गरी जम्मा १ सय १९ जना निको भएका छन् ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७० पुगेको छ ।

तल हेर्नुहोस् आजको विवरणमा क्लिक गर्नुहोस् !!

1.13

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस