२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा २५६५ बुद्धजयन्ती यसरी मनाईयो

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

बिबेक भण्डारी

नवलपुर । २५६५ औँ बुद्धजयन्ती देशभर विविध कार्यक्रम आयोजना गरि मनाइएको छ ।

बुद्धजयन्तीको अवसरमा नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा पनि भगवान गौतम बुद्धलाई स्मरण गर्दे २५६५ दिपप्रज्वलन, बुद्ध ध्यान प्रवचन र कोभिडबाट दिवंगतप्रति समवेदना प्रकट गर्दे कार्यक्रम आयोजना गरिएको थियो ।

हेप्पी एफ एम , शाश्वतधाम, विश्व हिन्दु युवा महासंघ, देवचुली जेसीज र बैदिक सनातन धर्म संरक्षण सेवा समितिको संयुक्त आयोजनामा शाश्वतधाम बुद्ध परिसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा हेप्पी एफएमका प्रमुख दिपेश कडरीयाले बुद्धले दिएका धेरै उपदेश मध्ये हामिले केहि अंश पनि व्यवहारमा उतार्ने हो भने बुद्धत्व र बुद्धले दिन खोजेको ज्ञानको प्राप्त गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा बोल्दै शाश्वतधामका अशोक घर्तीले बुद्धजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए । उनले बुद्ध र यो धर्ममा आस्था राख्नेका चौताराको रुपमा शाश्वतधाम र बुद्धपरिसरलाई पहिचान गराउनमा लागेको बताए ।

कार्यक्रममा चौधरी उद्योग ग्रामका सिएसआर प्रमुख रामचन्द्र धिताल, विश्व हिन्दु युवा महासंघ नवलपुरका संयोजक लक्ष्मण रिजाल , बैदिक सनातन धर्म संरक्षण सेवा समिति नवलपुरका संयोजक बसन्त पोख्रेल, देवचुली जेसीज २०२१ का अध्यक्ष निलकण्ठ पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

२५६५ औँ बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्मका गुरु मानबहादुर लामाले बुद्धपाठ गरेका थिए ।

कार्यक्रममा बोल्नेले बुद्धले दिएको शान्तिको उपदेशलाई मानव जिवनको व्यवहारमा उतार्न सके शान्ति र अहिंसाको बाटोमा लागिन सकिने बताए । कार्यक्रम हेप्पी एफ एमका स्टेसन म्यानेजर आर्दश शुशीलले कार्यक्रम संञ्चालन गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस