२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा उत्कृष्ट दुध उत्पादक कृषकलाई क्यान वितरण

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित ( साल अघि) १८५९ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालीकाका उत्कृष्ट २८ कृषकलाई नगरपालीकाद्धारा दुधको क्यान वितरण गरिएको छ ।

कृषकसंग संमृद्धि’अभियान अन्तर्गत नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त क्यान बितरण गरेको उप-प्रमुख ओमकुमारी महतोले जानकारी दिनुभयो ।

Received_591289498511924

नगरमा रहेका ५ वटा दुध उत्पादक सहकारी संस्थामा आवद्ध भएका २८ उत्कृष्ट दुध उत्पादक कृषकलाई संस्था मार्फत वितरण गरिएको नगरपालीकाका पशुसेवा शाखा प्रमुख ज्ञान प्रसाद भट्राईले जानकारी दिनुभयो।

Received_2995208917426334

उहाँका अनुसार कृषकलाई नयाँ उत्साह, जोशजागर र किसानमा क्षमता अभिवृद्धि गर्दै दिगो दुध उत्पादन प्रणाली सुनिश्तिच गर्नको लागि किसानलाई क्यान वितरण गरिएको बताउनुभयो । संस्थाले सोहि अनुरुप कृषकहरुलाई छनोट गरी केन हस्तान्तरण गरेको हो ।

Received_840620113235863

त्यस्तै नगरपालिकाले पछिल्लो समयमा कृषकलाई कृषि तर्फ आकर्षण गराउन गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिरहेको छ भने केहि महिना अघि पिपिआर रोग विरुद्द्यको भ्याक्सिन लगाउने काम सम्पन्न गरेको थियो ।

त्यस्तै अब छिट्टै डालेघाँसका विरुवा पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी भईरहेको पशुसेवा शाखाका प्रमुख भट्राईले नवलपुर न्युजलाई जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस